तिमी शुद्ध भयौं के? [1st Fret G = G#, 4/4]
को. तिमी शुद्ध भयौं के ? त्राणकर्ता येशूको रगतले
तिम्रो मन साँच्चै निष्कलंक भयो के ?
येशूको त्यो अमोल रगतले ।
१. मन शुद्ध पार्नलाई येशूकहाँ गयौ के ?
ख्रीष्टको रगतले शुद्ध भयौ के ?
पूरा भरोसा येशूमा राख्छौं के ?
ख्रीष्टको रगतले शुद्ध भयौ के ?
२. दिनहुँ तिमी येशू साथ-साथ हिँड़्छौ के ?
उनको रगतले शुद्ध भयौ के ?
येशूको आनन्द तिमीले पायौ के ?
ख्रीष्टको रगतले शुद्ध भएर ।
३. ख्रीष्ट आउँदा तिम्रो लुगा साफ होला के ?
ख्रीष्टको रगतले साफ र उज्जवल
तिमी स्वर्ग जानलाई तयार छौ के ?
ख्रीष्टको रगतले शूद्ध भएर ।
४. पापको दाग लागेको वस्त्र फुकाई देऊ
ख्रीष्टको रगतले शुद्ध हुन आऊ
पापी मन चोख्याउने धारा बग्दैछ
ख्रीष्टको रगतले शुद्ध होइजाऊ ।
शक्ति छ – उदेकको शक्ति छ, येशूको रगतमा अनमोल रगतमा
आनन्द छ …. चंगाइछ …. शान्ति छ …. छुटकारा छ ।