जीवन यो आराधनाले सजाउदै ( 4th fret C = E major)

जीवन यो आराधनाले सजाउदै, तपाईं कहाँ आउदै छौँ।

दाउदको ढलेको बासस्थान बनाउने तयारी गर्र्दैछौँ।

एउटा खाँबो, छ न्यायको, अर्को खाँबो धार्मिक्ताको।

अनन्तको छ सिंहासन, हेर्न हामी आउँदैछौँ।

जीवन यो ….

घेरीएर लाखौं स्वगर्दुतहरूले येशू तपाईलाईं,

पवित्र पवित्र भन्दै उचाल्दैछ त्यो नाउँलाई,

बीणा र झ्याली, तुरही बजाँउदै,

दस तारे बाजामा स्वर मिलाउदै,

जाती जातीलाई बोलाउदै

सियोनको महाराजालाई उचाल्दै, प्रशसां गाउँदैछौं।

स्वगर्मा जस्तो छ इच्छा तपाईंको, हामीमा ल्याउँदैछौ।

बस्नोस् आत्मा, पखेटा फिजाउँदै,

नयाँ कामलाई हेरी रमाउदै

येशू तपाईंको दुलही, बनिन हामी आउँदैछौ।

जीवन यो …..

Leave a Reply

Your email address will not be published. Required fields are marked *