तपाईको दरवारमा प्रशंसाको ( E major )

तपाईको दरवारमा प्रशंसाको भेटी बोकेर, महिमाको बादल यसै ठाउँ बसेको देखेर,

झिसमिसे बिहान नभए सम्म,  छायाँ हराउदै नगए सम्म, (२)

आराधना चढ़ाउछौ तपाईलाई,  मनमा सजाउछौ तपाईलाई ।

राष्ट्रहरूले खोजेको,  येशू तपाई चाहना हो ।

हाम्रो जातिले रोजेको, राजा केवल तपाई नै हो।

मान्छेको बलमा होइन, घोड़ा अनि रथमा होइन, (२)

हाम्रो धरहरा तपाई नै, अग्लो चट्टान पनि तपाई । (२)

जय ध्वनिले स्वर्गै ढाकोस्,  मृत्युले अब जीवन साटोस्,

रूदै रुदै बीउ छर्नेले, कटनीको आनन्द चाखोस्,

फसल बोकी रमाउदै, हजुरको हात समाउदै (२)

दाई गर्दै नाच्ने आगंनीमा, थुमालाई हेरेर सिंहासनमा । (२)

Leave a Reply

Your email address will not be published. Required fields are marked *