पवित्र आत्मा हामी स्वागत गर्छौँ (२) (2nd Fret G = A or A# Major)
को. पवित्र आत्मा, हामी स्वागत गर्छौँ (२)
१. आउनोस् हाम्रो माझमा, पवित्र आगोझैँ
सांसारिक इच्छा हामी पन्छाउँछौँ जसै
हृदयभरि आशा लिई, हात उचाल्दै,
पवित्र आत्मा (३), स्वागत गर्छौँ ।
२. तपाईंको उपस्थिति बगोस् बतासझैँ
तपाईंको आफ्नैहरूले जानून् निश्चय नै
कसरी चल्नु आत्माको बहाउमै,
पवित्र आत्मा (३), स्वागत गर्छौँ ।
३. बिन्ती छ पूरा गर्नुहोस् आज नै
अनुग्रहको असल काम मेरो जीवनमा नै
स्वतन्त्रतासाथ गर्नुहोस् काम आफ्नै
पवित्र आत्मा (३), स्वागत गर्छौं ।
Pavitra Aatmaa, Haami Swagat | BrideandWarrior
July 28, 2021[…] Nepali Lyrics […]