आनन्दको ध्विनि ( A,E major )

आनन्दको ध्विनि आनन्दको ध्विनि हुन्छ

धार्मिहारको पालमा परमेश्वरको स्तुति हुन्छ

सारंगी बिणा खैजडी बासुरी दस्तारे बाजा सितार बजाउदै आऊ

परमेश्वरको स्तुति गाउ

किनकि बैभाउले चारै तिरबाट उहाँलाई घेरेको छ

किनकि ज्योतिलाई पोसाकझै उहाँले पहिरिनु भएको छ

आकाशलाई तन्काई त्यहाँ ताराहरुलाई फिजाउनु भएको छ

पृथ्वीलाई सुन्यतामा उधेक गरि अल्झाउनु भएको छ

सारंगी बिणा खैजडी बासुरी दस्तारे बाजा सितार बजाउदै आऊ

परमेश्वरको स्तुति गाउ

किनकि अधर्मको जुवालाई उहाँले हटाउनु भएको छ

किनकि खिष्ट द्वारा हामीलाई सदालाई बचाउनु भएको छ

सम्पूर्ण अन्धकार माथि बिजय दिलाउनु भएको छ

जीवनको पुस्तकमा हाम्रो नामलाई  चढाउनु भएको छ

सारंगी बिणा खैजडी बासुरी दस्तारे बाजा सितार बजाउदै आऊ

परमेश्वरको स्तुति गाउ

Lyrics/Music: Adrian Dewan

Leave a Reply

Your email address will not be published. Required fields are marked *