तिमी जस्तो अरू कोही छैन

तिमी जस्तो अरू कोही छैन ( 2nd Fret G = A Major, ¾ ) ( तिमी जस्तो अरू कोही छैन हे येशू प्रेमीको प्रेम भ्रन्दा मिठो छ तिम्रो प्रेम तिम्रो उपरिथति सुवासन झै मिठो छ )2 ( मलाई ताजा बनाउ तिम्रो उपलिथतिको सुवासनाले मलाई धोइ पखाल तिम्रो सिंहासनको पानीले )2 ( म त बाँचेको छु तिम्रो हुनलाई )2 Music 🎶🎸🎵🎶🎼………………….. तिमी जस्तो अरू………

उच्च उच्च स्थानहरुमा

उच्च उच्च स्थानहरुमा ( 2nd Fret G = A Major, 4/4 ) { ( उच्च उच्च स्थानहरुमा विराजमान हुने प्रभु )2 ( प्रशंसा महिमा तपाईंलाई सर्वदा )2 }2 ( जसको हृदय तोडिएको छ जसको मन भाँचिएको छ )2 ( प्रभुमा आनन्द छ, येशूमा आनन्द छ )2 Music 🎶🎸🎵🎶🎼………………….. ( जसको हृदय तोडिएको छ जसको मन भाँचिएको छ )2 ( प्रभुमा आनन्द छ, येशूमा आनन्द छ )2 ( येशूमा चङगाई छ,  येशूमा शान्ति छ )2

मादलै घन्क्यो खीष्टको महिमामा

मादलै घन्क्यो खीष्टको महिमामा (G, 6/8) मादलै घन्क्यो खीष्टको महिमामा, बासुरी बज्यो खीष्टको महिमामा ल है, ल है, ल है, ल है, यसको तालमा नाँचौ यसैले ल है, ल है, ल है, ल है, यसको धुनमा नाँचौ ( ह्रदय खोलेर गाऊ खीष्टको गीत, सबै नाचौंन नभई थकित )२ भोलि फेरि यो मौका होला नहोला, घिन्ताङ घिन्ताङको तालमा नाँच्ने रहर होला भोलि फेरि यो मौका होला नहोला, बाँसुरीको लयमा नाँच्ने धोका होला यसैले ल है, ल है……. Music 🎶🎸🎵🎶🎼………………….. ( आदर प्रशंसा उनलाई चडाऊ, महिमा येशुको संसारमा ल्याऊ )२ भोलि फेरि यो मौका होला नहोला, प्रशंसामा रमाउनै समय नहोला भोलि फेरि यो मौका होला नहोला, उनको महिमा गर्ने सास नहोला यसैले ल है, ल है…….

प्रशंसा गर्दै जाऊँ स्तुति गर्दै रमाऊँ

प्रशंसा गर्दै जाऊँ स्तुति गर्दै रमाऊँ (G, 6/8 ) Music 🎶🎸🎵🎶🎼………………….. ( प्रशंसा गर्दै जाऊँ, स्तुति गर्दै रमाऊँ )2 ( येशूको सिहांशनमा )2, ( नाचौँ गाऊ उनकै नाउँमा )2 (हल्लेलूयाह येशू राजालाई, जयजयकार उनै प्रभुलाई) (२) ताली बजाउदैँ जाऊँ, स्तुति गर्दै रमाऊँ ( येशूको सिहांशनमा )2, ( नाचौँ गाऊ उनकै नाउँमा )2 (हल्लेलूयाह येशू राजालाई, जयजयकार उनै प्रभुलाई) (२) Music 🎶🎸🎵🎶🎼………………….. हातेमालो गर्दै जाऊ, स्तुति गर्दै रमाऊँ ( येशूको सिहांशनमा )2, ( नाचौँ गाऊ उनकै नाउँमा )2 (हल्लेलूयाह येशू राजालाई, जयजयकार उनै प्रभुलाई) (२)

मेरो जिवन्मा नयाँ काम गर्नुहोस्

मेरो जिवन्मा नयाँ काम गर्नुहोस्‌ प्रभु ( 1st Fret G = G#, or G Major ) ( मेरो जिवन्मा नयाँ काम गर्नुहोस्‌ प्रभु )२ ( मेरो जिवन्मा नयाँ काम )२ मेरो जिवन्मा नयाँ काम गर्नुहोस्‌ प्रभु मेरो परिवारमा… मेरो मण्डलीमा… मेरो हृदयमा…..

नदी झैं मलाई बग्न देऊ हिमाल

नदी झैं मलाई बग्न देऊ हिमाल ( 1st Fret G = G# Major )  नदी झैं मलाई बग्न देऊ, हिमाल झैं स्वच्छ बन्न देऊ बादल झैं आकाशमा उड्न देऊ, हावा झैं सरर बहन देऊ ( नयाँ बनेर आज म जीउन चाहन्छु, पूरानो कुरा बिर्सेर अब कहिले म पछि फर्किन, नयाँ बनेर जीउन चाहन्छु )2 (नया बनेर जीउन चाहन्छु) (४) (पूरानो कुरा बिर्सेर जीउन चाहन्छु‌) (४)

येशु ख्रीष्टको प्रशंसा गाएर

येशु ख्रीष्टको प्रशंसा गाएर ( G Major, Samala ) ( येशु ख्रीष्टको प्रशंसा गाएर, बनधनबाट छुटकारा पाएर )२ ह्रदय जोडेर, ( येशुको अघि नाचैन ह्रदय खोलेर )२ ( धार्मिकताको सुर्य लौ उदायो, उज्याँलो ले अन्धकार हटायो )२ ( चङगाई छरियो येशुको मायाले मनै भरियो )२ Music ……………. ( येशु ख्रीष्टको राज्यलाई देखेर, मन भरि आनन्द फुलेर )२ ( शक्ति पाएर, आत्मामा नाचैन दिलै खोलेर )२ ( धार्मिकताको सुर्य लौ उदायो, उज्याँलो ले अन्धकार हटायो )२ ( चङगाई छरियो येशुको मायाले मनै भरियो )२

गाऊ स्वरै उचाली बजाउँदै

गाऊ स्वरै उचाली बजाउँदै ( G Major, Samala ) को. गाऊ स्वरै उचाली बजाउँदै ताली (२)     हाम्रो परमेश्वरको गरौं है महिमा     हाम्रो दुवै हातै उचाली (२) १.  बाँसुरी र विणा सारङीको स्वरमा झ्‌यालीको झन्का बजाउँदै (२)     हामी सबै मिलीजुली उहाँको नाउलाई     एकै साथमा उचाली (२) २.  हातेमालो गर्दै नाच्दै रमाउदै घनघन मादल घन्काउदै (२)     तनले मनले प्रशंसा गर्दै     उहाँको नाउँलाई उचाल्दै (२)

स्वर्गीय पिता पवित्र आत्माले

स्वर्गीय पिता पवित्र आत्माले ( G Major, Samala ) ( स्वर्गीय पिता पवित्र आत्माले सुख्खा पहाड़  भिजाउनुहोस्‌ झरिले पहाड़ तराई हिमाल चुचुरी )२   (  पहाड़ पर्वत उकाली ओह्राली दिनुहोस झरि    भञ्ज्याङ र देउराली, राख्नु भाको त्यो अन्तिम झरी )२    आ-है… झरी आउ… आहै हल्लेलूयाह (२)

सारा सृष्टिको मालिक तपाईंलाई

सारा सृष्टिको मालिक तपाईंलाई (2nd Fret G = A major, 3/4 ) को. सारा सृष्टिको मालिक तपाईंलाई, सारा सृष्टिको रक्षक तपाईंलाई     हाम्रो हृदय समेतले आदर प्रणाम्‌, सदैव होस्‌ तपाईंको गुणगान     ह ह ह हल्लेलूयाह (७) आमिन्‌ १.  (सब संसार टलेर जाने‌छ, टल्ने छैन तपाईंको वचन     बितेर जानेछ यो जीवन, तर विश्वासी मर्दैन कहिले) (२) २.  (नयाँ संसार र स्वर्ग हुनेछ विश्वास गर्ने सबैको निम्ति     प्रशंसा, आदर हुनेछ त्यहाँ हाम्रा परम प्रेमी पितालाई) (२)