बोल्नुहोस्, जे बोल्न चाहनुहुन्छ

बोल्नुहोस्, जे बोल्न चाहनुहुन्छ ( D, D# Major ) बोल्नुहोस्, जे बोल्न चाहनुहुन्छ, म सुन्नेछु, जे बोल्नुहुनेछ, लानुहोस्, जहाँ लान चाहनुहुन्छ, म जानेछु, जहाँ लानुहुनेछ, म डराउँदिन, म डराउँदिन, म  डराउँदिन, म डराउँदिन । मलाई मनपर्ने ठाऊँदेखि तपाईंकहाँ, आउने चाहना म राख्दछु, तपाईंसंगै हिँड्न, तपाईंजस्तै हुन, धेरै कोसिस म गर्दछु, कहिलकाहीँ मलाई, तपाई नजिक आउन मन लाग्दैन, जति टाढो जान्छु म, त्यति खाली हुन्छु म तपाईं जीवन हो मेरो, अब भाग्न सक्दिनँ । बोल्नुहोस्, जे………