प्रभु आत्मा खन्याउनोस्

प्रभु आत्मा खन्याउनोस्‌  ( 2nd Fret G ) प्रभु, आत्मा खन्याउनोस्‌ संसारका सब मानिसहरूमा तपाईंका छोराछोरीले बोलून्‌ अगमवाणी सपना र दर्शन पठाई, आफ्नो हृदय दर्साउनुहोस्‌, विश्वास बढ़िरहेछ, स्वर्गले गुञ्जाओस्‌ तपाईंको आउने दिन । अब ठूलो जगाउने काम हुनेछ अब ठूलो जागृति आउनेछ यस देशमा अब ठूलो जगाउने काम हुनेछ (र ज-जसले येशूलाई पुकार्छन्‌ ती सब बाँच्नेछन्‌) (२) प्रभु, आत्मा खन्याउनुहोस्‌ संसारका सब राष्ट्रहरूमा तपाईंको महिमा देखेर ती सबले दण्डवत्‌ गरुन्‌, प्रभु, देखाउनुहोस्‌ शक्ति, स्वर्ग-पृथ्वी हल्लाई, संसार पर्खिरहेछ, सृष्टिले देखून्‌ तपाईंको आउने दिन ।