तिमी शुद्ध भयौं के
तिमी शुद्ध भयौं के? [1st Fret G = G#, 4/4] को. तिमी शुद्ध भयौं के ? त्राणकर्ता येशूको रगतले तिम्रो मन साँच्चै निष्कलंक भयो के ? येशूको त्यो अमोल रगतले । १. मन शुद्ध पार्नलाई येशूकहाँ गयौ के ? ख्रीष्टको रगतले शुद्ध भयौ के ? पूरा भरोसा येशूमा राख्छौं के ? ख्रीष्टको रगतले शुद्ध भयौ के ? २. दिनहुँ तिमी येशू साथ-साथ हिँड़्छौ के ? उनको रगतले शुद्ध भयौ के ? येशूको आनन्द तिमीले पायौ के ? ख्रीष्टको रगतले शुद्ध भएर । ३. ख्रीष्ट आउँदा तिम्रो लुगा साफ होला के ? ख्रीष्टको रगतले साफ र उज्जवल तिमी स्वर्ग जानलाई तयार छौ के ? ख्रीष्टको रगतले शूद्ध भएर । ४. पापको दाग लागेको वस्त्र फुकाई देऊ ख्रीष्टको रगतले शुद्ध हुन आऊ पापी मन चोख्याउने धारा बग्दैछ ख्रीष्टको रगतले शुद्ध होइजाऊ । शक्ति छ – उदेकको शक्ति छ, येशूको रगतमा अनमोल रगतमा आनन्द छ …. चंगाइछ …. शान्ति छ …. छुटकारा छ ।