तपाईको दरवारमा प्रशंसाको

तपाईको दरवारमा प्रशंसाको ( E major ) तपाईको दरवारमा प्रशंसाको भेटी बोकेर, महिमाको बादल यसै ठाउँ बसेको देखेर, झिसमिसे बिहान नभए सम्म,  छायाँ हराउदै नगए सम्म, (२) आराधना चढ़ाउछौ तपाईलाई,  मनमा सजाउछौ तपाईलाई । राष्ट्रहरूले खोजेको,  येशू तपाई चाहना हो । हाम्रो जातिले रोजेको, राजा केवल तपाई नै हो। मान्छेको बलमा होइन, घोड़ा अनि रथमा होइन, (२) हाम्रो धरहरा तपाई नै, अग्लो चट्टान पनि तपाई । (२) जय ध्वनिले स्वर्गै ढाकोस्,  मृत्युले अब जीवन साटोस्, रूदै रुदै बीउ छर्नेले, कटनीको आनन्द चाखोस्, फसल बोकी रमाउदै, हजुरको हात समाउदै (२) दाई गर्दै नाच्ने आगंनीमा, थुमालाई हेरेर सिंहासनमा । (२)