यो शरीर तिम्रौ मन्दिर

यो शरीर तिम्रौ मन्दिर ( D major, 4/4) (यो शरीर तिम्रौ मन्दिर हो, यो मन्दिरमा बास गर्नुहोस् गुन्जियो आरधना तिम्रो नै, यो मन्दिरमा राज गर्नुहोस्) २ (आउनुहोस् आउनुहोस्, जीवनले भर्नुहोस्) २ (फुट्दै जादा यो माटोको भाडो, पोखियोस महिमा येशू तपाईको) ४ (टुटेको यो मन स्वर्ग त्यौ हो धन) २ सिहासन होस येशू मेरो जीवन

मेरो हृदयको मुर्तिहरुलाई

मेरो हृदयको मुर्तिहरुलाई ( D Major, ¾ ) मेरो हृदयको मुर्तिहरुलाई भत्काई दिनुहोस् र तिनीहरूको बेदीहरुलाई टुक्राई दिनुहोस् तपाईँ मात्र मेरो दुल्हा मेरो आत्माको प्रेमी तपाईँ बाहेक अरूछैन मेरो आत्माको प्रेमी मेरो शरीरको मोहहरुलाई हटाई दिनुहोस् तपाइको ठाउँ लिने सबैथोक मेटाई दिनुहोस् तपाईँ मात्र मेरो दुल्हा मेरो आत्माको प्रेमी तपाईँ बाहेक अरूछैन मेरो आत्माको प्रेमी येशु तपाईँ लाई मेरो हृदयको सारा भक्ति (उचार्लनुहोस सबभन्दा माथि) २ Music………….x………………..x…………….x मेरो हृदयको र्सिंहासनमा राज गर्नुहोस् मेरो जीवनको तपाईँ मालिक डोर्याउनुहोस् तपाईँ मात्र मेरो दुल्हा मेरो आत्माको प्रेमी तपाईँ बाहेक अरूछैन मेरो आत्माको प्रेमी मेरो हृदयको मुर्तिहरुलाई भत्काई दिनुहोस् र तिनीहरूको बेदीहरुलाई टुक्राई दिनुहोस् येशु तपाईँ लाई मेरो हृदयको सारा भक्ति (उचार्लनुहोस सबभन्दा माथि) २

नेपाली भाषैमा गरौन महिमा

नेपाली भाषैमा.  गरौन महिमा ( E major ) नेपाली भाषैमा….., गरौन महिमा…. हाम्रो राजा येशुलाई….., पुर्खेउली भाकैमा….. Music 🎶🎸🎸🎸🎸 येशु हाम्रो राजा, हामी उनको प्रजा, गरौन महिमा येशुलाई आज नाच्दै रमाउदै ताली बजाउदै, मादलुको तालमा कमर हल्लाउदै गरौन महिमा…… गाउदै ( हल्लेलूयाह )२ येशु राजालाई हल्लेलूयाह Music 🎶🎸🎸🎸🎸 ( आ है बरी लै लै… )२ नेपाली भाषैमा, गरौन महिमा हाम्रो राजा येशुलाई, पुर्खेउली भाकैमा नाच्दै रमाउदै ताली बजाउदै, मादलुको तालमा कमर हल्लाउदै गरौन महिमा…… गाउदै ( हल्लेलूयाह )२ येशु राजालाई हल्लेलूयाह

भनु म कसरी हृदयको

भनु म कसरी हृदयको [D:4/4] ( भनु म कसरी हृदयको गहिराइ छुनूँ भयो येशुले )२, येशुले… ( जीवन को बाटोयो अन्धयारो थियो जो भर्नु भयो ज्योतिले )२, ज्योतिले { (यसैले जोडीन्छु तिमीसंग बाच्ने आधार तिमी नै हौ मेटिन्छ गहिरो तृष्णा मेरो, ( पिउने इनार तिमी नै हौ )२, }२ ( तिमीले जस्तो कसैले मेटाउदैन तृष्णा तिमीले जस्तो कसैले छुदैन यो हृदयलाई )२ { (यसैले जोडीन्छु तिमीसंग बाच्ने आधार तिमी नै हौ मेटिन्छ गहिरो तृष्णा मेरो, ( पिउने इनार तिमी नै हौ )२, }२)

म तपाईंको मुहार हेर्न चाहन्छु

म तपाईंको मुहार हेर्न चाहन्छु [D:4/4] (म तपाईंको मुहार हेर्न चाहन्छुम तपाईंको मुहार खोजी गर्छु) (२) (आराधना गर्छु पवित्रताको सुन्दरतामा) (२) (हृदय सब खोली आउँछु) (२) (स्तुति गाउन) (४) (हल्लेलूयाह) (४) (येशू महान्‌) (४) (इम्मानुएल) (४)

मिहमाको ज्योति झदैर्

मिहमाको ज्योति झदैर् (4th Fret D or 6th Fret C = F# Major) आहा.. आ हा हा… (दाहिनेतिर तपाईको करुणा बायाँ तिर अपार छ अनुग्रह )२ (प्रेमले डोर्याउछ मलाई ) 2 ( जित्यो नि क्रुशको मायाले मलाई, जिवनमा अझै बढ्दैछ भलाई)२ (मिहमाको ज्योति झदैर् छ, त्यो ज्योतिले यो मन्दिर भदैर्छ )२ (छाल झै शत्रु बढी आए पनि, कसले तलाई बचाँला त भनी )२ (छुटकाराको गीतले मलाई घेर्नर्हुनेछ जसै, मुहारमा हाँसो हृदयमा आनन्द छायो यसै) 2 (तपाईको मुहार हरे रे जीउदैछु, बिजेता भन्दा महान म बन्दैछु) (मिहमाको ज्योति झदैर् छ, त्यो ज्योतिले यो मन्दिर भदैर्छ )२

सारा सृष्टिको मालिक तपाईंलाई

सारा सृष्टिको मालिक तपाईंलाई (2nd Fret G = A major, 3/4 ) को. सारा सृष्टिको मालिक तपाईंलाई, सारा सृष्टिको रक्षक तपाईंलाई     हाम्रो हृदय समेतले आदर प्रणाम्‌, सदैव होस्‌ तपाईंको गुणगान     ह ह ह हल्लेलूयाह (७) आमिन्‌ १.  (सब संसार टलेर जाने‌छ, टल्ने छैन तपाईंको वचन     बितेर जानेछ यो जीवन, तर विश्वासी मर्दैन कहिले) (२) २.  (नयाँ संसार र स्वर्ग हुनेछ विश्वास गर्ने सबैको निम्ति     प्रशंसा, आदर हुनेछ त्यहाँ हाम्रा परम प्रेमी पितालाई) (२)

महान्‌ ईश्वर बिचार्छु काम

महान्‌ ईश्वर बिचार्छु काम (2nd Fret G = A major, 4/4 ) १.  महान्‌ ईश्वर, बिचार्छु काम तपाईंको, अचम्मको जो सृष्टि गर्नु भो’     हेर्छु तारा, सुन्छु गर्जन डरलाग्दो, प्रकट सामर्थ संसारमा तपाईंको । को. (प्रशंसा होइरहोस्‌ ईश्वरको, कति महान्‌, कति महान्‌) (२) २.  पहाड़-पर्वत, जंगल म जब घुम्छु, पक्षीहरू म सुन्छु गाएक     सुन्दर पहाड़देखि म तल हेर्छु, कलकल आवाज खोलाको सुन्दछु । ३.  जब पिताले एकलौटे पुत्रलाई पठाए जगमा पाप उठाउनलाई     मेरो बदली क्रूसैमा उनी चढा उद्धार मेरो गरे रगत बहाई । ४.  जयध्वनिसाथ येशू संसारमा आउँछन्‌,     वहाँ असीम आनन्दसाथ लैजान्छन्‌     विनम्रसाथ उनलाईवहाँ पुज्नेछु, महान्‌ ईश्वरको गर्छु प्रशंसा ।

नाचौ प्रभुमा मघ्न भई नाचौ

नाचौ प्रभुमा मघ्न भई नाचौ ( G, 4/4 Fast beat ) नाचौ प्रभुमा मघ्न भई नाचौ    (प्रभुमा मघ्न भई नाचौ) (२)    आ…  आ… आ… आमिन १. घुमौ प्रभुमा मघ्न भई घुमौ    (प्रभुमा मघ्न भई घुमौ) (२)    आ…  आ… आ… आमिन २. उफ्रौ प्रभुमा मघ्न भई उफ्रौ… ३. हाँसौ प्रभुमा मघ्न भई हाँसौ…

म परमेश्वरको प्रशंसा गर्छु

म परमेश्वरको प्रशंसा गर्छु ( G, 4/4 Fast beat ) म परमेश्वरको प्रशंसा गर्छु, सुखमा होस्‌ या दु:खमा होस्‌ आत्मामा मलाई सम्हाल्नु हवस्‌, म परमेश्वरको प्रेशंसा गर्छु । म परमेश्वरको विजय गर्छु…. यो पापी संसारमा आशा छैन, संसारको थोकले शान्ति मिल्दैन आत्मामा मलाई सम्हाल्नुहवस्‌, म परमेश्वरको प्रशंसा गर्छु ॥